निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जीतः माधवकुमार नेपाल

निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जीतः माधवकुमार नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जीत भएको बताएका छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेता नेपालले संसद बैठकपछि नेपाली जनताको जीत भएको बताएका हुन्। नेता नेपालसहित २२ जना एमाले सांसदहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए। 

यससँगै देउवाले १६५ मत पाएका थिए भने विपक्षमा ८३ र मत दिनु हुँदैन भन्नेमा १ मत परेको छ । संसदको यो निर्णयले पटक पटक भएको प्रतिनिधिसभा विघटन गलत भएको पुष्ट्याएको छ, नेता नेपालले भने, यो प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको थियो तर त्यो असफल भई निरंकुश प्रवृत्तिमा अंकुश लागेको छ । साथै उनले जनता, लोकतन्त्र र संविधानको जीत भएको बताए।

Skip This
Skip This
Logo