प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ सांसदसँग ओलीले मागे स्पष्टीकरण (भिडियोसहित)

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ सांसदसँग ओलीले मागे स्पष्टीकरण (भिडियोसहित)


हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

नेकपा(एमाले)को सोमबार बसेको बैठकले पार्टीको ह्वीप विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । यस्तै आजको बैठकमा उपस्थित केन्द्रीय कमिटी सदस्यहरुले फ्लोर क्रस गर्ने सांसदहरुलाई पार्टीले कारबाही गर्न ढिलो गर्नु नहुने मत राखेका छन् । बढीभन्दा बढी केन्द्रीय सदस्यहरुले माधव नेपाल पक्षले अक्षम्य राजनीतिक अपराध गरेको भन्दै माफि दिन नसकिनेमा पन जोड दिएका छन्।

सरकारले आजबाट अमेरिकाबाट अनुदान प्राप्त खोप अभियानको शुरुवात गरेको छ। अमेरिकाले नेपाललाई उपहारस्वरुप उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप सोमबार बाट काठमाडौंमा ४४ वटा खोपकेन्द्रबाट ६ गतेसम्म लगाईंने कार्यक्रम अनुसारका सोमबारबाट सुरु गरिएको हो। खोप अभियानलाई प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत र्यान्डी बेरीद्वारा संयुक्त अनुगमन पनि गरिएको छ। 

नेपाली काँग्रेस कावरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको सफलताका निम्ति काम गर्ने निष्कर्ष निकालेको छ । यस्तै पौडेल पक्षले सरकारमा सेकेन्ड पोजिसनको व्यक्ति पनि आफ्नो पक्ष बाट हुनु पर्ने दावी गरेको छ। यस्तै वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यताका लागि पार्टी भित्रभइरहेका आन्दोलन प्रति समर्थन जनाएका छन् । उनले देशभर निष्ठावान कांग्रेसलाई अल्पमतमा पारेर पार्टी कब्जा गर्न खोजिएको देउवा पक्षलाई आरोप समेत लगाएका छन्। 

नेपाल बैंकर्स संघले नयाँ आर्थिक वर्षको सुरुवातसँगै बैंकमा तरलता बढ्दै गएको जनाएको छ। आर्थिक बर्ष २०७७÷७८ समाप्तिसँगै बैंक तथा वित्तीय संस्थामा अधिक तरलता देखिन थालेको तथा सरकारले वर्षको अन्तिममा आएर खर्च बढाएका कारणले बैंक तथा वित्तीय संस्थामा तरलता बढेको संघको भनाइ छ। कोरोना प्रभावका कारण आर्थिक वर्ष २०७७/०७८ मा ४२ खर्ब १ अर्ब निक्षेप संकलन हुँदा कर्जा प्रवाह ३७ खर्ब २१ अर्ब मात्र भएको पनि संघले जनाएको छ। 

आतंककारी र गम्भीर अपराधमा संलग्न व्यक्तिहरूको निगरानीका लागि विश्वका विभिन्न देशका सरकारले प्रयोग गर्ने जासुसी सफ्टवेयर ‘पेगासस’ पत्रकार र मानवअधिकारवादीलाई निगरानीका लागि प्रयोग गरिएको खुलासा भएको छ। निगरानीमा परेकामध्ये विभिन्न ५० मुलुकका १ हजारजनाको पहिचान भइसकेको छ, जसमा अरब राजपरिवारका सदस्य, ८५ मानवअधिकारवादी, १ सय ८९ पत्रकार–मन्त्री र ६ सयभन्दा बढी कुटनीतिज्ञ, सैनिक एवम् सुरक्षा अधिकारी पर्दछन्। केही देशका राष्ट्रप्रमुख र प्रधानमन्त्री पनि उक्त सूचीमा रहेको खुलासा भएको छ।

Logo