प्रकाशमान र सुजातामध्ये एक उपप्रधानमन्त्री बन्दै!

प्रकाशमान र सुजातामध्ये एक उपप्रधानमन्त्री बन्दै!

केन्द्रबिन्दु
0
Shares

गठबन्धन सरकारको नेतृत्व दल नेपाली कांग्रेसले आठ जना सांसदमध्येबाट मन्त्री बनाउने सम्भावना बढेको छ।

थुप्रै सांसदहरू मन्त्री बन्न आकाङ्क्षी भए पनि कांग्रेसले प्रकाशमान सिंह, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बढु, पुष्पा भुसाल, उमाकान्त चौधरी, प्रमिला राई र डिला संग्रौलामध्येबाट मन्त्री बनाउने सम्भावना बढेको हो।

देउवा निकट स्रोतका अनुसार प्रकाशमान र सुजतामध्ये एक जनालाई उपप्रधानमन्त्री, दिलेन्द्रप्रसाद बढुलाई सामान्य प्रशासनमन्त्री र पुष्पा, डिला र प्रमिलामध्ये एक जनालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाउने कांग्रेसमा आन्तरिक छलफल चलिरहेको छ।

डा. मिनेन्द्र रिजाल, तेजुलाल चौधरी र विजय यादव पनि मन्त्रीको चर्चामा छन्। 
कांग्रेसले कम्तीमा ४ चार मन्त्रालय पाउने सम्भावना छ। तर, कांग्रेससहित गठबन्धनका घटकहरूले कति र कुन–कुन मन्त्रालय पाउने भन्ने यकिन हुन बाँकी छ।

जसपाको आधिकारिता विवाद र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई सरकारमा सहभागिताबारेको कानुनी जटिलता रहेकाले मन्त्रालय बाँडफाँट गर्न ढिलाइ भएको हो।

निर्वाचन आयोगका अनुसार जसपाको आधिकारितासम्बन्धी विवाद निरुपणका लागि आज इजलास बस्दै छ। 

विवाद निरुपण भए लगत्तै दलको नेतासँगै पदाधिकारी चयन गर्दै सरकारमा मन्त्रीको नाम पठाउने जसपाको तयारी छ।

Skip This
Skip This
Logo