नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्यबाट ३ साउनमा दिएको राजीनामा फिर्ता लिएका छन्। रावलले संसद बैठक बस्नुअघि राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ।
रावलले आज सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन। उनले पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको बताएका हुन्।
रावलले गत साउन ३ गते विश्वासको मत दिनु भन्दा अगाडि संचारकर्मीहरुलाई राजीनामाको व्यहोरा पढेर संसद सचिवालयमा राजीनामा पत्र बुझाएका थिए।
तथापि, उनलाई राजीनामा लिन चौतर्फि दवाद रहँदै आएको थियो। एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल दुबैले राजीनामा फिर्ता लिन सुझाएका थिए।
त्यस्तै उनी निर्वाचित अछामका जनप्रतिनिधिहरुलेपनि रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए। डा. रावलले पार्टी एकताको लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह माधव नेपालले नमानेपछि राजीनामा दिएका थिए। दश बुँदे एकता प्रतिवेदन निकालेको विघटित कार्यदलले पनि पार्टीको निर्णय कार्यान्वयन गर्ने सहमति भएको थियो, त्यसबेला उनी उक्त कार्यदलमा माधव नेपाल तर्फका संयोजक समेत थिए।
राजीनामा फिर्ता लिदै गर्दा रावलले सभामुख सापकोटालाई आफ्नो कारण दुःख भएको भन्दै त्यसप्रति क्षमायाचना गरेका छन्।































प्रतिक्रिया