युथफोर्स घोषणा सभामा किन गएनन् ओली ?

युथफोर्स घोषणा सभामा किन गएनन् ओली ?

केन्द्रबिन्दु
0
Shares

युथ फोर्स भ्याली कमाण्ड घोषणासभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथिकाे रुपमा बोलाइएकाे थियो । तर, आखिरी चरणमा अध्यक्ष ओली रोकिएका हुन् ।

नेकपा एमालेको आन्तरिक एकता कायम गर्न सक्रिय रहेका नेताहरूले उक्त सभामा नजान आग्रह गरेपछि अध्यक्ष ओली रोकिएकाे बताइएकाे छ । 

ओली नजाने भएपछि महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएर कार्की पार्टी प्यालेसमा युथफोर्सको घोषणा भएकाे थियो । अध्यक्ष ओलीलाई वार्ता प्रक्रियामा रहेका नेताहरूले माधव नेपालसँग भेटघाटको वातावरण बनाइएकाे छ । तर मिति भने टुङ्गो लागिसकेकाे छैन । 

साथै एकता प्रक्रियामा असर नपरोस भनेर सो कार्यक्रममा उपस्थित नहुन आग्रह गरेको एमाले नेताहरूले बताएका छन् ।

Skip This
Skip This
Logo