पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा

पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ पाँच दलीय गठबन्धनले सरकार सञ्चालन सफल र प्रभावकारी बनाउने निर्णयसहित सम्पन्न भएकाे छ । 

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले जनताका समस्या सम्बोधन गर्दै सरकारलाई सफल र प्रभावकारी बनाउने निष्कर्ष निकालेको हो ।

गठबन्धनका नेताहरूले पहिलो प्राथमिकतामा कोरोनाविरुद्धको खोप सबै जनतालाई उपलब्ध गराउने प्राथमिकता बनाउन र त्यसका लागि अनुदानको मात्रै भर नपरी खरिद गर्न सरकारलाई सुझावसमेत दिएका छन् ।

बैठकमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीसहित जसपाका उपेन्द्र यादव, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर शेरबहादुर देउवा सहभागी थिए । 

देउवा नेतृत्वकाे सरकार बनेपछि माधवकुमार नेपाल गठबन्धनकाे बैठकमा पहिलो पटक सहभागी भएका हुन् । 

Skip This
Skip This
Logo