जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टीको आधिकारिकता सम्बन्धी विवाद निरुपण हनसाथ सरकारमा सामेल हुने बताएका छन्।
निर्वाचन आयोगले हेड काउन्टको लागि जसपाको दुबै पक्षलाई आज आयोगको कार्यलयमा बोलाएको थियो। सोही अनुसार हेडकाउन्टमा जसपका रेशम चौधरी बाहेक अन्यको अपस्थिति भइसकेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन्।
यसैबीच सञ्चारकर्मीहरूसँग छोटो कुरा गर्दै अध्यक्ष यादवले पार्टीको आधिकारिकता आफैले पाउने बताए। सरकारमा सामेत हुने सवालमा भने सरकार आफ्नै रहेको छिटै सरकारमा सामेत हुने प्रतिक्रिया दिए।
‘हाम्रो सरकार हो विवाद निरुपढ हुनसाथ सरकारमा सामेल हुन्छौं,’ उनले भने।
यस्तै अध्यक्ष यादवले ठाकुर पक्ष आत्म आलोचनासहित पार्टीमा फर्किए ठाउँ दिइने समेत जानकारी दिए।





























प्रतिक्रिया