सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच भेटवार्ता

सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ।

सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा संसदलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा छलफल भएको बताइएको छ।

भेटवार्ताको क्रममा सभामुख सापकोटाले विपद् संकटग्रस्त क्षेत्र घोषित जिल्लाहरुमा सरकारको प्राथमिकताबारे जिज्ञासा राखेका थिए। अर्थमन्त्री शर्माले विपद्ग्रस्त सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा तत्काल बेलीब्रिज राख्न निर्देशन दिइसकेको जानकारी दिएका छन्।

Logo