नेकपा एमाले माधव नेपाल पक्षका सांसदले अध्यक्ष केपी शर्मा ओलीसँग नमिल्ने बरु ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य पुर्याएर पार्टीबाट अलग हुन सुझाएका छन्।
सहाना प्रधान स्मृति प्रतिष्ठानको हलमा बुधबार बसेको बैठकले अध्यक्ष ओलीको प्रभावमा नपर्ने बरु नयाँ ढंगले जानुपर्ने निष्कर्ष निकालेको हो।
‘हामीले छलफल गर्यौं, अध्यक्ष केपी शर्मा ओलीसँग नमिल्ने बरु ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य पु¥याएर पार्टीबाट अलग हुने निष्कर्ष निकालेका छौं,’ बैठकमा उपस्थित एमाले सांसद मेटमणि चौधरीले बताए। चौधरीले दुईवटा बाटो हुनसक्ने समेत उल्लेख गरे।
‘केही महिनाभित्र केन्द्रीय समितिमा बहुमत पुर्याएर माधव नेपाल पक्षले ओलीलाई कारवाही गर्छ र, पार्टी आफ्नो हातमा लिन्छ कि ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य पुर्याएर पार्टीबाट अलग हुने गरी अघि बढ्छ,’ एमाले सांसद चौधरीले केन्द्रबिन्दुलाई जानकारी दिए।
प्रतिक्रिया