कांग्रेसको क्रियाशील सदस्यता ९६ प्रतिशत टुंगियो

कांग्रेसको क्रियाशील सदस्यता ९६ प्रतिशत टुंगियो

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको क्रियाशील सदस्यता ९६ प्रतिशत टुंगिएको छ।  छानविन समितिका प्रवक्ता प्रदीप पौडेलले दिएको जानकारी अनुसार क्रियाशील सदस्यता ९६ प्रतिशत टुंगो लागेको हो। 

९६ प्रतिशत विवाद टुंगिएसँगै निर्धारित समयमा महाधिवेशन गर्न अब कुनै बाधा नहुने आज बसेको पदाधिकारी बैठकमा जानकारी दिइएको छ।

समितिले विवाद भएका केही स्थानमा पुनः सहमति जुटाएर पुरक प्रतिवेदन आज बुझाएको हो। सिन्धुपाल्चोक, बारा र सर्लाहीमा विवाद कायम छ।

समितिले सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी पदाधिकारी बैठकमा पुरक प्रतिवेदन बुझाएको हो। सो प्रतिवेदनमाथि पदाधिकारी बैठकमा अहिले छलफल भइरहेको छ। 

Skip This
Skip This
Logo