जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठक सुरु भएको छ। निर्वाचन आयोगले आधिकारिकता विवाद निरुपण गरेपछि जसपाको संसदीय दलको बैठक पहिलो पटक सिंहदरबारमा बस्न लागेको हो।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार सुरु भएको बैठकले संसदीय दलको नेता चयन गर्ने कार्यसूची रहेको छ।
सर्वसम्मतीले दलको नेता चयनको प्रयास गर्ने तर सहमति नजुटे निर्वाचनमार्फत दलको नेता चयन हुने जसपा नेता मोहम्बद स्तीयाक राईले बताए।
त्यस्तै निर्वाचन समितिद्वारा निर्वाचन तालिकासहित विधि र प्रक्रिया सार्वजनिक गर्ने एजेन्डा पनि बैठकको छ।
दलको बैठकमा कुल संख्या ३२ मध्ये २१ जना संघीय सांसदको उपस्थिति छ। २१ संख्या संसदीय दलमा बहुमत हो।
यता जसपाकै ठाकुर पक्षलाई भने संसदीय दलको बैठकबारे कुनै जानकारी नभएको पाइएको छ । उनीहरू बैठकमा उपस्थित छैनन्।































प्रतिक्रिया