गठबन्धन कार्यदलकाे प्राथमिकताः राजनीतिक नियुक्ति खारेजी र न्युनतम साझा कार्यक्रम

गठबन्धन कार्यदलकाे प्राथमिकताः राजनीतिक नियुक्ति खारेजी र न्युनतम साझा कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धनले सरकारको कामलाई प्रभावकारी बनाउन भनेर गठित कार्यदलले ‘न्यूनतम साझा कार्यक्रम’को खाका तयार गरिसक्न लागेको छ।

कार्यदल संयोजक तथा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले एक/दुई दिनमा खाका तयार गरिसक्ने बताए।

‘साथीहरू खाका तयार गर्ने काममा हुनुहुन्छ, सकिएको छैन’, संयोजक खड्काले केन्द्रविन्दुसँग भने, ‘तयार भएपछि सार्वजनिक गर्छौं।’

गठबन्धन सरकार भएकोले गठबन्धनमा संलग्न दलहरूले अत्यावश्यक र प्राथमिकतामा पार्नुपर्ने ठानिएका कार्यक्रमलाई कार्यदलले न्यूनतम साझा कार्यक्रममा समेट्ने जनाएको छ।

यससँगै, कार्यदलले कार्यक्रममा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले गरेको राजनीतिक नियुक्ति खारेजीसँगै महत्वपूर्ण राजनीतिक कार्यक्रमलाई पनि समेट्ने भएको छ।

कार्यदलमा कांग्रेसबाट खड्कासँगै डा. मिनेन्द्र रिजाल, रमेश लेखक, माओवादी केन्द्रबाट देव गुरुङ, वर्षमान पुन तथा जनता समाजवादी पार्टी (जसपा) बाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव रहेका छन्।

Logo