काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले प्रदेशको नाम नदी र भूगोलको आधारमा राख्न हुने तर जाति र भाषाको पहिचानमा राख्न किन नहुने, भन्दै प्रश्न गरेका छन् ।
सामाजिक संजाल ट्वीटमा ट्वीट गर्दै उनले प्रदेशको नाम नदी र भूगोलको पहिचानमा मात्र राख्दा मार्क्सवाद, लोकतन्त्र र संघीयता नै हराएको बताएका छन् ।
‘हाम्रा प्रदेशका नाम नदी/भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति/भाषाको पहिचानमा राख्न नहुने ? यो कहाँको मार्क्सवाद/लोकतन्त्र/संघीयता हो ?’, बाबुरामले भनेका छन्, ‘अमेरिकामा Alaska, Arizona,Utah आदि, भारतमा तामिलनाडु, बंगाल, पंजाब आदि अधिकांश जाति/भाषाका नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने ?’
उनले अमेरिका र भारतमा जातिय पहिचानका आधारमा प्रदेशको नाम राख्दा देश नटुक्रिने तर नेपाल टुक्रिने भन्दै उल्टै प्रश्न गरेका हुन् ।
‘हिजो मगरात/तमुवान/ताम्सालिंग/नेवा स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी/गण्डकी/वागमती नाममा टेवल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयो-“मरेर शहीद हुनेहरू हो,बाँचेर त हेर,बाँच्न झन् गाह्रो छ ।’, बाबुरामले ट्वीटमा लेखेका छन् । अहिले केपी ओली सरकारले महेन्द्रपथमा गएर प्रदेशको नाम राखेको भन्दै उनले आपत्ति जनाएका छन् ।





























प्रतिक्रिया