सभामुख अग्नीप्रसाद सापकोटाले भूकम्पले क्षतिग्रस्त भई अलपत्र अवस्थामा रहेको सिंहदरवारस्थित संसद भवनको अवलोकन गरेका छन् ।
सभामुख सापकोटाले सोमबार सो भवनको अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सम्बन्धित पक्षसँग छलफल गरीे निर्माणको कामलाई तत्काल सुरु गराउने बताए । उनले भने, “सम्बन्धित पक्षसँग छलफल गरेर यसको ऐतिहासिक तथा पूरातात्विक महत्व कायम हुने गरी निर्माण कार्य सुरु गर्ने योजना बनाएको छु ।” उनले पुननिर्माण गर्ने कि सवलीकरण गरेर जाने भन्ने विषयमा प्राविधिकहरूसँग परामर्श गरिने पनि बताए।
सभामुख सापकोटाले सो संसद भवनलाई संग्रहालय र पुस्तकालयको रूपमा विकास गर्ने आफ्नो सोच रहेको पनि सुनाए । “धेरैले संग्रहालय बनाउन उपयुक्त हुने सुझाव दिएका छन । संग्रहालय र पुस्तकालय एक अर्कासँग सम्बन्धित विषय भएकाले मैले यसमा पुस्तकालय पनि बनाउन सकिने सोच लिएको छु ।”
राणाकालमा भारदार सभाका लागि प्रयोग गर्ने गरिएको सो भवनमा राणाकालको अन्त्यसँगै संसद भवनको रूपमा विकास गरियो । पञ्चायत काल र बहुदलीय व्यवस्था तथा २०६२÷०६३ सालको जनआन्दोलनपछि पुनस्थापित संसदको पहिलो बैठक समेत सोही भवनमा बसेको थियो । तर २०७२ साल जेठ १२ गतेको भूकम्पले क्षति पुगेको सो भवन ६ वर्ष बित्दा समेत पुननिर्माण नभई अलपत्र अवस्थामा छ ।































प्रतिक्रिया