सर्वोच्चले पनि जोगाएन आठ सांसदको पद (भिडियोसहित)

सर्वोच्चले पनि जोगाएन आठ सांसदको पद (भिडियोसहित)


हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

कर्णालीका चार जना एमाले सांसद पदमुक्त भएका छन्। सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा पदमुक्त भएका हुन्। 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले फ्लोरक्रस गर्नु संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ विपरीत भएको ठहर गरेको छ। यस्तै एमाले पार्टीमा गएका चार पूर्वमाओवादी सांसदले सांसद पद पुनर्बहाली गरिपाऊँ भन्दै दिएको रिट निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै चारै नेताको सांसद पद गुमेको छ भने उनीहरुको ठाउँमा अब सरकारले निर्वाचन गराउनुपर्ने भएको छ। 

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार आफ्नो १०० दिने कार्ययोजना गरेका छन्। राज्यमन्त्री श्रेष्ठले आजै मन्त्रिपदमा रहँदा कुनै पनि सरकारी सेवा सुविधा निलेने तथा मन्त्रिपदमा रहुन्जेल सबै व्यवसायिक संस्थाबाट अलग हुने निर्णयगरको पनि बताएका छन्। यस्तै उनले नेपालमा दुईमहिनाभित्र १ करोड ३७ लाख बढी खोप आपूर्ति गर्ने तथा आगामी माघभित्र ५ करोड २२ लाख खोप प्राप्त हुने र चैत मसान्तसम्ममा सबै नागरिकलाई खोपको व्यवस्था गर्ने पनि उल्लेख गरेका छन्। 

गृहमन्त्री बालकृष्ण खाणले यस घटनाको सम्बन्धमा छानबिन समिति गठन गरिसकिएको जानकारी दिँदै छानबिन समितिको प्रतिवेदन आउनु अघि सरकारले कुनै राय दिन नमिल्ने बताएका छन्। उनले छानबिन समितिको प्रतिवेदनका आधारमा सरकार जुनसुकै प्रकारको निर्णय लिन तयार हुने पनि बताएका छन्। घटनाको छनबिनका लागि १० दिनभित्र प्रतिवेदन पेश गर्ने गरी छानबिन समिति घटनास्थल तर्फ पठाइसकिएको पनि गृहले जानकारी गराएको छ। 

केही वर्ष यता उखुको भुक्तानी नपाएको भन्दै किसानहरू आन्दोलित रहेका छन्। गतवर्ष लामो समय काठमाडौंमा आन्दोलन गरेका उनीहरू उखुको पैसा नपाएको भन्दै पुनः आन्दोलन गर्न काठमाडौंमा आएका छन्। उनीहरूले प्राप्त गर्नुपर्ने १५ करोड बक्यौता रकम २१ दिनभित्र सरकारले उपलब्ध नगराए पुनः आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। तर उद्योग मन्त्रालय भने यसबाट बेखवर रहेको बहाना गरिरहेको छ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन्। प्रशिक्षक अलमुताइरीले दिएको अभिव्यक्तिलाई लिएर विवाद भएपछि माफी मागेका हुन्। उनले आफूले गल्ति गरेको महशुस गरेको भन्दै माफी मागेको हुन्।

Logo