काठमाडौं । स्वास्थ्य र चिकित्सा शिक्षाको सुधारको माग गर्दै विगत २३ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीलाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयले अनसन तोड्न आग्रह गरेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले डा. केसीलाई अनसन तोड्न आग्रह गरेको हो ।
मंगलबार नै सरकारकातर्फबाट शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीसहित ३ जनाको टोलीले डा. केसीसँग भेटवार्ता गर्दै अनसन तोड्न आग्रह गरेका थियो । सचिवालय बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिबारे छलफल सुरु भएको पनि जनाइएको छ ।





























प्रतिक्रिया