लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता


लुम्बिनी प्रदेश सभाको विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध मंगलवार अविश्वासको प्रस्ताव दर्ता गरेको छ।

मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा विपक्षीबाट दर्ता गरिएको यो तेस्रो अविश्वासको प्रस्ताव हो। उनीविरुद्ध विपक्षीले वैशाख ६ गते पहिलो पटक अविश्वासको प्रस्ताव दर्ता गरेका थिए भने दोस्रो पटक वैशाख २६ गते पुनः अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। 

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले दिउँसो ३ः५० मा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको बताए। साथै, माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको सचिव पुनले जानकारी बताए। ३४ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको छ। 

सोमवार गठबन्धनले प्रदेश प्रमुखलाई संविधानको १६८ (२) अनुसार मिलिजुली नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन निवेदन पेश गरेका थिए। मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको पुष्टी नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुदिन खानले केन्द्रबिन्दुलाई जानकारी दिए ।

गत वैशाख १९ गते राजीनामा दिएर पुनः शपथ लिएपछि लिएका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव नलाग्ने बरु मुख्यमन्त्रीले महसुस गरेको खण्डमा विश्वासको मत लिन सक्ने एमालेका नेता चेतनारायण नारायण आचार्यले बताएका छन्। ‘उहाँहरूको अविश्वासको कुनै तुक छैन, हामी अहिलेपनि बहुमतमा छौं’, आचार्यले भने।
 

Logo