सत्तारूढ गठबन्धनको बैठक बस्दै

सत्तारूढ गठबन्धनको बैठक बस्दै


सत्तारूढ गठबन्धन कार्यदलको बैठक आज पनि बस्ने भएको छ। आजकाे बैठकले सत्तारुढ गठबन्धन कार्यदलको बैठकले गठबन्धनका तर्फबाट सरकारका न्युनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउने बताइएकाे छ । 

मन्त्रिपरिषदलाई पूर्णता, मन्त्री छनोट गर्ने मापदण्ड, संवैधानिक तथा राजनीतिक नियुक्ति सम्बन्धी कार्यविधि, आचरण र नीतिसहित प्रतिवेदन तयार पार्न कार्यदल बैठक क्रियाशील छ। 

त्यसका लागि बुधबार बिहान पनि कार्यदल बैठक बस्दैछ। आजको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने कार्यदलका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिए । 

साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन्।

Logo