महन्थ ठाकुरले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै

महन्थ ठाकुरले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै


निर्वाचन आयोगले ११ साउनमा गरेको फैसलाविरूद्ध महन्थ ठाकुरले दायर गरेको निवेदनको सुनुवाइ आज हुँदैछ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासका सुनुवाइका लागि निवेदनको पेसी चढाइएको छ। यस अघि सो रिटलाई दुई पटक हेर्न नभ्याइने सूचीमा राखिएको थियो।

ठाकुरले १५ साउनमा निवेदनमार्फत् आयोगको निर्णयलाई बदर गर्न माग गरेका छन्। 

१ असारमा उनी आफैंले हेरफेर गरेको राष्ट्रिय कार्यकारिणी समितिको आधारमा आयोगले आधिकारिकता विवाद निरूपण गर्नुपर्ने पनि माग गरे।

आयोगले ११ साउनमा राष्ट्रिय कार्यकारिणी समितिमा हेड काउन्ट को आधारमा जसपाको आधिकारिकता उपेन्द्र यादव  पक्षलाई दिएको थियो। जतिबेला ५१ कार्यकारिणी सदस्यीय समितिमा यादव पक्षसँग ३४ र ठाकुर पक्षसँग १६ जना रहेको पुष्टि भएको थियो।

Logo