भूमि आयोग खारेजको विरोधदेखि ट्याक्सीको मनोमानीसम्म उठ्यो संसदमा आवाज

भूमि आयोग खारेजको विरोधदेखि ट्याक्सीको मनोमानीसम्म उठ्यो संसदमा आवाज

केन्द्रबिन्दु
0
Shares

सांसद चक्रप्रसाद स्नेहीले सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोग खारेजी गरेर गलत गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा उनले सो कुरा उठाएका हुन् ।

त्यस्तै, सांसद उदया शर्मा पौड्यालले ट्याक्सीले मनोमानी भाडा असुल्ने गरेको भन्दै त्यसलाई नियमन गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद कविता बोगटीले दार्चुलाका जयसिंह धामी प्रकरणमा सरकारले भारतीय पक्षकै पक्षपोषण गरेको भन्दै आम नेपालीलाई सशंकित बनाएको आरोप लगाइन् । 

सांसद कोमल वलीले देशमा कलाकारहरुले ठूलो योगदान गर्ने भएपनि कलाकारलाई अप्ठ्यारो परेको बेलामा सरकारले सहयोग नगरेको आवाज उठाइन् । हाल कलाकार पल्पसा डंगोल मृगौलामा समस्याका कारण जीवन र मृत्युको दोसाधमा रहेको भन्दै उपचारमा सहयोग गर्न सरकारसँग माग गरिन् । 

सांसद खिमकुमार विकले कोभिड १९ विरुद्धको खोपको आपुर्ति राम्रो भएपनि व्यवस्थापकिय पक्ष सुधार गर्नुपर्ने बताए । सांसद खिमलाल देवकोटाले सिन्धुपाल्चोकको मेलम्ची बाढीबाट प्रभावितलाई व्यवस्थापन गर्न तिनै तहको सरकारलाई ध्यानाकर्षण गराए । उनले ४९ भन्दा बढी विधेयकहरु विचाराधीन रहेकोमा शिघ्र संसदमा पेश गर्न अनुरोध समेत गरे ।

सांसद जग प्रसाद शर्माले शैक्षिक क्षेत्रमा कार्यरत विशेषगरी बाल शिक्षिका, सहायक लेखापाल र सहयोगीलाई जीवन निर्वाह गर्न पुग्ने गरी पारिश्रमिक व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

Logo