एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौलाको प्रत्यारोपण भएको छ।
केही हप्तादेखि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका खनालको आज मिर्गौलाको सफल प्रत्यारोपण भएको हो।
एपोलो अस्पतालका सर्जन डा. सन्दीप गुलरिया नेतृत्वको चिकित्सक टोलीले खनालको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको हो।
मिर्गौलामा गम्भीर समस्या देखिएपछि उनी भारत गएका थिए। उनी केही समय अस्पतालमै रहने र स्वास्थ्य अवस्था सामान्य भएपछि नेपाल फर्कने खनालको सचिवालयले जनाएको छ।































प्रतिक्रिया