अपहरणमा परेको भनिएकी लुम्बिनी प्रदेशकी माओवादी सांसद विमलाकुमार खत्री (वली) लाई भोलि सार्वजनिक गरिने भएको छ।
माओवादी सांसद दामाकुमारी शर्माले केन्द्रविन्दुसँग कुरा गर्दै अपहरणसम्बन्धी घटनामा मुद्दा प्रक्रिया चालिएपछि मात्रै सांसद खत्रीलाई सार्वजनिक गरिने बताइन्। शर्माका अनुसार सांसद खत्री आज माओवादी केन्द्र संसदीय दलको कार्यालयमा सम्पर्कमा आइन्।
‘उहाँ आज हाम्रो संसदीय दलको सम्पर्कमा आउनुभयो, प्रक्रिया चालिएपछि मात्रै उहाँलाई हामी सार्वजनिक गर्नेछौं’, शर्माले भनिन्।
सांसद खत्रीले मुख्यमन्त्री शंकर पोखरेललाई अपहरण भनिएको घटनामा मुछिएकी छिन्।































प्रतिक्रिया