सरकारलाई चाँडो पूर्णता दिनुपर्छ : डा महत

सरकारलाई चाँडो पूर्णता दिनुपर्छ : डा महत

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता डा रामशरण महतले चाँडो सरकारलाई पूर्णता दिनुपर्ने बताएका छन् ।रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा पूर्व अर्थमन्त्री डा महतले सरकार गठन भएको लामो समय बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसक्नु दुःखद् भएको बताए । 

“सरकारलाई पूर्णता दिन ढिलाइ भयो, सरकार गठन भएको लामो दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन, सत्ता गठबन्धन दलसँग सहकार्य गरेर चाँडो मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ”, उनले भने । 

पूर्वअर्थमन्त्री डा महतले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्नका लागि नयाँ पूर्ण बजेट ल्याउनुपर्ने बताए । अध्यादेशमार्फत ल्याइएको बजेटले देशको आन्तरिक र बाह्य दुवै ऋणलाई बढाएको उनको भनाइ थियो । 

 डा महतले अब ल्याइने नयाँ बजेटले प्रशासकीय खर्च पनि घटाउनेतर्फ सरकारको ध्यान जानुपर्ने उल्लेख गरे । भूमिहीन व्यक्तिलाई भूमि दिने कुरामा सरकारले उचित निर्णय लिने भन्दै भूमि आयोग खारेज गर्नु स्वागतयोग्य निर्णय भएको उनको भनाइ थियो ।

फरक प्रसङ्गमा डा महतले काँग्रेसको क्रियाशील सदस्यता टुङ्गो लाग्न नसक्दा पार्टीको १४औँ महाधिवेशन तोकिएको समयमा हुन नसक्ने बताए । 

 

Logo