माधव पक्षको निष्कर्षः दुई दिनभित्र ओलीले एकताको वातावरण नबनाए कडा कदम चाल्ने

माधव पक्षको निष्कर्षः दुई दिनभित्र ओलीले एकताको वातावरण नबनाए कडा कदम चाल्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुई दिनभित्र पार्टी एकताको बातावरण नवनाए कडा कदम चाल्ने निष्कर्ष निकालेको छ।

बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा ७० जना भन्दा बढी केन्द्रीय सदस्यहरूको उपस्थितीमा भएको बैठकले पार्टी एकताको लागि माधव नेपाल समूहपनि लचकता अपनाउदै आफ्नो गतिविधि अघि सार्नेसहित ६ बुँदे प्रस्ताव अघि सारेको छ।

केन्द्रीय सदस्य मेटमणि चौधरीका अनुसार बैठकले प्रतिनिधिसभा पुनस्र्थापना गर्न सर्वोच्चले खेलेको भूमिकालाई स्वागत गरेको छ। त्यस्तै ३ साउनमा विश्वासको मत दिने २२ सांसदलाई व्यवस्था बचाउन भूमिका खेलेकोमा बधाईसमेत दिएको छ।

पार्टी एकता हुने बेला ओलीले राखेको यसअघिका अभिव्यक्ति र कदमको बैठकले खेद प्रकट समेत गरेको छ। साथै, माधव नेपाल लगायतका नेताहरूलाई लान्छना लगाउने काम तत्काल बन्द गर्न पार्टी अध्यक्ष ओलीलाई आग्रह गरेको छ। साथै, हाललाई सरकारमा नजाने पनि निर्णय गरेको छ ।

एकपक्षीय ढंगले जसरी ओली र समूह लागेको छ, त्यसलाई रोक लगाउन पनि अध्यक्षलाई आग्रह गरिएको छ। त्यस्तै लुम्बिनी प्रदेश सभाकी सांसद बिमला खत्री वलीलाई मुख्यमन्त्रीले नै बन्धक बनाएकोप्रति छानबिन गर्न माग राखिएको छ।

एकताको लागि कार्यदलले तयार पारेको दश बुँदे एकता प्रस्तावलाई अझ मजबुत बनाउने पनि बैठकले निर्णय गरेको छ। पार्टी एकताका लागि दुई दिनभित्र अर्थात् २४ साउनभित्र अध्यक्ष ओलीले एकताको वातावरण नबनाए माधव पक्ष आफ्नो ढंगले अघि बढ्ने समेत निर्णय गरेको छ।

नेता चौधरीले दुई दिन एकताको वातावरण नवनाए कि नयाँ पार्टी गठन गर्ने कि ओली बाहेकको वृहत कम्युनिस्ट पार्टी गठन गनेसमेत छलफल भएको केन्द्रबिन्दुलाई जानकारी दिए। 
 

Skip This
Skip This
Logo