काठमाडौं ।
आज नेकपा सचिवालयको बैठक बस्ने भएको छ । तीन दिनदेखि लगातार स्थगित भएको बैठक आज बस्न लागेको हो । अपराह्न चार बजे बैठक बस्ने भएको हो ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेट भएपछि स्थगित भएको बैठक बोलाउने निर्णय गरिएको थियो ।
आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।





























प्रतिक्रिया