सीमा नाघे डिभोर्स हुन्छ : नेपाल

सीमा नाघे डिभोर्स हुन्छ : नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाले पार्टीमा एकताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम मौका रहेको बताएका छन् । वरिष्ठ नेता नेपालले ओलीमा भएको व्यक्तिवाद र दक्षिणपन्थी विचलन नै अहिलेको समस्या भएको बताए ।

ओली सुध्रिएन भने  श्रीमान् र श्रीमतीबीच विवादमा त डिभार्स हुने भन्दै नेता नेपालले भने, ‘यदि केपी ओलीले भित्तामा पुर्‍याउन खोन्छन् भने हामी अर्को विकल्पका निम्ति तयार हुुनुपर्छ ।’

अहिलेसम्म आफूहरु सम्माजनक एकताकै पक्षमा रहेको र नयाँ पार्टी बनाउन हतार गर्न पनि जरुरी नभएको बताए । अब प्रदेशको संरुचना बनाए केन्द्रीय कमिटीको घोषणा मात्र बाँकी रहने नेता नेपालले बताए । नयाँ पार्टी बनाउँदा केही नेता कार्यकर्ता छुट्नसक्ने बताए । 

‘केपी ओली सुध्रिएनन् भने, उनले कुनै पनि कुरालाई मानेनन् भने गर्ने के त ?,’ उनको प्रश्न छ, ‘ त्यहाँ गएर फस्ने ? त्यहाँ गएर रुने ? चिच्याउने ? कराउने ? टाउकोमा हात राखेर बस्ने ? त्यो मन्जुर छैन् । हामी सम्मानजनक एकताको कुरा गरिरहेका छौं ।’

हिजोको दिनमा जसरी पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाऊँ भन्दा सबै एकमत भएको र महन्थ ठाकुर वा शेरबहादुर देउवालाई ल्याए पनि ल्याऊँ भनेर आफूलाई अघि बढ्न भनेको भन्दै उनले भने, अनि अहिले शेरबहादुर देउवा आएपछि टाउको दुःख्यो ?’

सम्बोधनका क्रममा उनले प्रधानमन्त्री देउवा, ओलीभन्दा राम्रो भएको र संस्कार देखाएको बताए ।

Logo