मेलम्ची बाढीपीडितले राहत नपाउँदा प्रचण्डको असन्तुष्टि

मेलम्ची बाढीपीडितले राहत नपाउँदा प्रचण्डको असन्तुष्टि

केन्द्रबिन्दु
0
Shares

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढी पीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । 

अध्यक्ष दाहालले आइतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढी पीडितहरुसँगको भेटमा असन्तुष्टि जनाएका हुन् । उनले भने, ‘अहिले सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त जिल्ला त घोषणा गर्यो । तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलापहरु तीव्रताका साथ अगाडि बढेन ।’ 

अध्यक्ष दाहालले सो क्षेत्रका बाढी पीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घचघच्याउने र उत्प्रेरित गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले आफ्नो पार्टीको तर्फबाट पनि सो क्षेत्रका बाढी पीडितलाई सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए । 

Logo