शून्य समयमै महाधिवेशन हुन्छ : गोपालमान श्रेष्ठ

शून्य समयमै महाधिवेशन हुन्छ : गोपालमान श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

कांग्रेस सभापति पदमा उम्मेदवारी घोषणा गरेका नेता गोपालमान श्रेष्ठले पार्टीको १४ औं महाधिवेशन शून्य समयमा हुने बताएका छन्।

निर्धारित समय भदौ १६ गतेदेखि १९ गतेसम्ममा नहुने निश्चित भएपछि नेता श्रेष्ठले शून्य समयमा महाधिवेशन हुने बताएका हुन्।

संविधानले दिएको छ महिनामा पनि महाधिवेशन नहुने भएको अवस्था रहँदा नेता श्रेष्ठको विकल्पसहितको उक्त अभिव्यक्ति सार्वजनिक भएको हो।

‘पार्टीलाई संवैधानिक संकटबाट जोगाउनु छ र संविधानतः शून्य समयमा हामी महाधिवेशन गर्छौं’, केन्द्रविन्दुलाई बताए।

शून्य समयको २/३ महिनामा पार्टी महाधिवेशन हुनेमा उनले विश्वास लिएका छन्। जबकि, कांग्रेसको क्रियाशील सदस्यता विवादसमेत टुङ्गिएको छैन।
नटुङ्गिएकै कारण हालसम्म वडा तहको अधिवेशन भएको छैन। 

सिन्धुपाल्चोक, रसुवा, धनुषा निर्वाचन क्षेत्र नम्बर ४, सर्लाही निर्वाचन क्षेत्र नम्बर २ सँगै बारा, सप्तरीलगायत क्षेत्रमा क्रियाशील सदस्यता विवाद छ।

क्रियाशील सदस्यता छानबिन समितिकै सदस्य कल्याण गुरुङले विवाद टुङ्गिएको भनिएको केही क्षेत्रमा ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।

सर्वसहमतिले छानबिन प्रतिवेदन पेस नभएको अवस्थामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अस्वीकार्य भएको र पार्टी कब्जा गर्ने नियत सभपाति शेरबहादुर देउवाको भएको निष्कर्ष निकालेको छ।

आज बिहान मात्रै नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सभापति देउवाको चर्को आलोचना गरे। बारम्बारको असफल नेतृत्व भन्दै आकोश पनि पोखेका छन्।

चार बर्से कार्यकालमा गर्नुपर्ने महाधिवेशन विशेष परिस्थितिमा विधानअनुसार थपिएको एक वर्षको अवधि सकिएको र संविधानतः ६ महिनाको अवधिमा पनि गर्न नसकेको भन्दै पौडेलले आक्रोशित भए।

यस्तो अवस्थामा देउवापक्षीय नेतासमेत भनेर चिनिने नेता श्रेष्ठले अब महाधिवेशन शून्य समयमा गर्नुपर्ने र हुने बताएका हुन्।

Logo