जसपाको ३५ जनाको मात्रै केन्द्रीय समितिः ठाकुर, महतो पक्षका नेता अब साधारण सदस्य मात्रै

जसपाको ३५ जनाको मात्रै केन्द्रीय समितिः ठाकुर, महतो पक्षका नेता अब साधारण सदस्य मात्रै

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको नयाँ कार्यकारिणी समितिलाई अद्यावधिक गरेको छ।

जसपा पार्टी आधिकारिक रुपमा उपेन्द्र यादव पक्षले पाएपछि आयोगले ३५ सदस्यीय समितिको अभिलेखीकरण गरेको छ ।

आयोगले जसपाको उपेन्द्र यादव अध्यक्षताको बैठकले गरेको निर्णयको माइन्युट बमोजिम कार्यकारिणी समितिको अभिलेखीकरण गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। ३५ सदस्यीयमा टीकापुर काण्डमा जेल जीवन विताइरहेका रेशम चौधरी पनि रहेका छन् ।
आयोगको त्यो अभिलेखीकरण सँगै अब जसपाको अध्यक्षबाट महन्थ ठाकुर कानूनी रुपमा हटेका छन्। 

ठाकुर पक्षका १६ जना केन्द्रिय सदस्य अब जसपाको साधारण सदस्यमात्र रहेका छन्।

Logo