प्राधिकरणलाई टुक्रयाउने विधेयकविरुद्ध उड्डयन प्राधिकरणका कर्मचारी आन्दोलित

प्राधिकरणलाई टुक्रयाउने विधेयकविरुद्ध उड्डयन प्राधिकरणका कर्मचारी आन्दोलित

केन्द्रबिन्दु
0
Shares

प्राधिकरणलाई टुक्रयाउने गरी विधेयक ल्याइएको भन्दै विधेयक फिर्ताको माग राखी नेपाल नागरिक उड्ययन प्राधिकरणका कर्मचारी आन्दोलित भएका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्रयाएर दुई वटा संस्था बनाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भई मंगलबार प्रतिनिधि सभामा विधेयक दर्ता गरिएको छ । 

यसले हवाई सेवालाई महँगो बनाउनुका साथै स्वार्थ समूहको चलखेलले उड्डयन सुरक्षामा नै असर पर्ने भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् । 

सोमवारदेखि शुरु गरिएको आन्दोलनको कार्यक्रममा कर्मचारीहरुले बुधबारसम्म प्रत्येक दिन १० बजेदेखि १ बजेसम्म पेन डाउन गर्ने र १२ बजेदेखि १ बजेसम्म कालोपट्टी बाँधेर महानिर्देशकको कार्यकक्ष घेराउ गर्ने भनिएको छ। माग सुनुवाइ नभए बिहिबारबाट महानिर्देशक लगायतको कार्यकक्षहरुमा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । 

लोकतान्त्रिक कर्मचारी संघका सदस्य सुजन भण्डारी तथा नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष मिनप्रसाद खनालले प्राधिकरणको रक्षाका लागि आन्दोलन गरिएको बताए ।

हवाई यातायात नियन्त्रक संघका अध्यक्ष श्यामकिशोर साहले प्रतिगामी विधेयकको संज्ञा दिदैँ राष्ट्रहित विपरितका विधेयक रोक्ने जनाए।

Logo