आज लुम्बिनी प्रदेशसभामा अविस्वासकाे प्रस्ताव टेबल हुने भएकाे छ । लुम्बिनी प्रदेश सरकारका अनुसार बुधबार बिहान पार्टी संसदीय दल र मन्त्रिपरिषद्को बैठक बस्नेछ । उक्त बैठकले अविश्वासको प्रस्तावलाई सरकारले कसरी फेस गर्ने भन्ने सम्बन्धमा पार्टी संसदीय दलको बैठकले निर्णय लिनेछ ।
विपक्षी गठबन्धन दलहरूले मुख्यमन्त्री शंकर पोखरेलको सरकारविरुद्ध तेस्रोपटक अविश्वास प्रस्ताव दर्ता गरेको हाे । पटकपटक दर्ता गराए पनि टेबल हुन नसकेको अविश्वास प्रस्ताव लुम्बिनीमा प्रदेश प्रमुख परिवर्तन भएसँगै बुधबार टेबल हुन लागेको हो ।
लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले विपक्षी गठबन्धनको प्रस्ताव दर्तापछि आह्वान गरेको प्रदेश सभाको विशेष अधिवेशन रोक्न सत्तारुढ दल एमाले अदालत पुगे पनि मुद्दालाई मंगलबार हेर्न नभ्याइनेमा राखिएको छ । यससँगै बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभाको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबल भएकाे हाे ।
उता विपक्षी गठबन्धनले वैशाखदेखि नै अल्पमतमा रहेको प्रदेश सरकारविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने तथा नयाँ सरकार गठन हुने विश्वास्त छन् ।
यसअघि दुईवटा प्रस्ताव प्रक्रियामा नै नलगेर मुख्यमन्त्री पोखरेलले सरकार सञ्चालन गर्दै आएका थिए ।





























प्रतिक्रिया