लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न माग गर्दै दर्ता रिट संवैधानिक इजलासमा

लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न माग गर्दै दर्ता रिट संवैधानिक इजलासमा

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट संवैधानिक इजलासमा सरेको छ। 

डा. आनन्दमोहन भट्टराईको इजलासले बुधबार यो रिटलाई ‘गम्भीर संवैधानिक विषय’ भन्दै संवैधानिक इजलासमा पठान आदेश दिएको हो। 

रिट निवेदकको मागअनुसार अदालतले अन्तरिम आदेश नदिएका कारण अब विशेष अधिवेशनको प्रक्रिया नरोकिने भएको छ।

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै प्रदेश सभा सदस्य लीला गिरीले सर्वोच्चमा रिट दायर गरेका थिए। 

रिटमा प्रदेश प्रमुखको कार्यालय लुम्बिनीसमेतलाई विपक्षी बनाइएको छ। यही मुद्दा मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा राखिएको भएपनि नभ्याइने सूचीमा परेको थियो।

Skip This
Skip This
Logo