राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ। बैठक बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ।
राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा जानकारी गराउने कार्यसूची रहेको संसद सचिवालयले जनाएकाे छ।
यस्तै आजको बैठकमा ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ र ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ प्रस्तुत हुनेछन्।
आजै ‘लोक सेवा आयोग विधेयक, २०७५ र ‘विद्युत विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रतिक्रिया