प्रतिनिधि सभाका सदस्य गजेन्द्रबहादुर महतले प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै अघिल्लो ओली सरकारले ‘हनुमान’ र अहिलेको देउवा सरकारले कुलमान मात्रै देखेको भन्दै टिप्पणी गरेका छन् ।
उनले बिहीबार संसद्मा भने,‘मैले सांसद भएपछि देखेको दुई सरकार । पुरानो सरकारले हनुमान मात्रै देख्यो, नयाँ सरकारले कुलमानमात्रै देख्यो । एउटाले हनुमानबाहेक नदेख्ने, अर्काेले कुलमान मात्रै देख्ने।’
महतले अगाडि भने, ‘तर मेरो भनाइको मतलब मैले कुलमानलाई हनुमानसँग दाँज्न खोज्या त होइन । हाम्रो देशमा कुलमानबाहेक अरु छैनन् ? हनुमानले त हाम्रो कर्णाली प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठान धुजाधुजा पारिहाले । कुलमान बूढो भएपछि के गर्छ यो सरकार ? विद्युत प्राधिकरणमात्रै छ, नेपाल एयरलाइन्स छैन ?’





























प्रतिक्रिया