गगन थापाको प्रश्न : रात परेपछि कोरोना बढ्छ भन्ने कहाँकाे अध्ययन हाे ?

गगन थापाको प्रश्न : रात परेपछि कोरोना बढ्छ भन्ने कहाँकाे अध्ययन हाे ?

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद गगन थापाले साँझ ८ बजेपछि काठमाडौंलगायतका ठाउँमा कोरोनाको संक्रमण बढ्ने र बिहान घट्ने कहाँको अध्ययन हो भनी सरकारलाई प्रश्न गरेका छन् ।

बिहीबारकाे प्रतिनिधि सभा बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना महामारीबारे सरकारको कामका विषयमा जानकारी गराएपछि थापाले उक्त प्रश्न गरेका हुन् ।

थापाले प्रश्न गरे, ‘कोरोनाको दोस्रो लहरपछि तेस्रो लहर आउने भनिएको छ। स्वाथ्य मन्त्रालयले दोस्रो लहर सकिएर तेस्रो लहर आयो भनेर कुन अध्ययनका आधारमा भनिँदैछ? बालबालिकालाई धेरै खतरा कुन अध्ययन हो ?’

कतिपय स्थानका परीक्षा रोकिएका भन्दै उनले खोप दिएर परीक्षा दिने भनिएको अवस्था बारेमा जानकारी माग गरे । उनले भने, ‘केही अवस्थामा परीक्षा सुरु गर्ने भनिएको छ। यसरी कोभिड संक्रमित विद्यार्थीले परीक्षा हलमा बसेर परीक्षा दिइरहँदा त्यसबाट फैलियो भने कसले जिम्मा लिन्छ ?’

Skip This
Skip This
Logo