‘हरेक प्रतिगामी शासक अन्तिम समयमा चम्किन्छन्’ : कांग्रेस वरिष्ठ नेता पौडेल

‘हरेक प्रतिगामी शासक अन्तिम समयमा चम्किन्छन्’ : कांग्रेस वरिष्ठ नेता पौडेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा आज एक स्टाटस लेख्दै नेता पौडेलले हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा अहिले प्रधानमन्त्री ओली आफ्नो विरोधीलाई अपमानित गर्ने तम्सिए झैं नै तम्सिने बताएका हुन् ।

उनले सोमबार प्रहरीले नागरिक आन्दोलनप्रति गरेको दुर्व्यवहारप्रति लक्षित गर्दै यस्तो बताएका छन् । नेता पौडेलले प्रतिगामी र तानाशाहले गर्ने दमनले नागरिकलाई प्रतिमनसँग डटेर लड्नका लागि थप उर्जा प्रदान गर्ने समेत बताएका छन् ।

पौडेलले लेखेका छन् ,

प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ती र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ ।

हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरि बरबराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनु भएको छ ।

सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरि दमनमा उत्रने गर्दछन्, जसरी सोमवार प्रबुद्ध नागरिकमाथि प्रहार भयो । तर, दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ र अझै प्रतिमनसँग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै आन्दोलनमा मेरो साथ र सर्मथन रहनेछ ।

लोकतन्त्र र लोकतान्त्रिक संविधानको रक्षाका लागि हुने आन्दोलनमा म आफैं अघिल्लो मोर्चामा हुनेछु ।

 

Logo