प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकमा कुर्ची तोडफोड

प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकमा कुर्ची तोडफोड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकमा राखिएको कुर्ची ताडफोड भएको छ । विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रदेश सभा बैठकमा राखिएका कुर्ची तोडफोड गरेका हुन् ।

कांग्रेस सांसदहरुले दोस्रो पटक बसेको बैठकमा पनि नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन् । सभामुखले दोस्रो बैठक सुरू गरेको केही समयमा नै कांग्रेसका सांसदहरुले उठेर रोष्टम घेर्न पुगेका थिए । सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने कांग्रेसको माग छ ।

कांग्रेसको विरोधका बीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश गर्न आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई समय दिएका छन् ।

Skip This
Skip This
Logo