लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन भदौ १ गतेका लागि आह्वान

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन भदौ १ गतेका लागि आह्वान

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते नवौँ अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले सूचनामार्फत जानकारी गराएको छ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। 

प्रदेशमा संविधानको धारा १६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। अधिवेशनमा मुख्यमन्त्री केसीले विश्वासको मत लिनसक्ने आँकलन गरिएको छ।

Skip This
Skip This
Logo