कांग्रेसद्वारा ९ भ्रातृ संगठनकाे म्याद ६ महिना थप

कांग्रेसद्वारा ९ भ्रातृ संगठनकाे म्याद ६ महिना थप

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले पार्टीका ९ भ्रातृ संस्थाको म्याद ६ महिना थप गरेकाे छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नेपाल विद्यार्थी संघ र तरुण दलसहितका ९ भ्रातृ संस्थाको म्याद ६ महिना थप गर्ने निर्ण गरेकाे हाे । 

म्याद समाप्त भएका नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको पदावधी  ६ महिनाका लागि थप गरिएकाे हाे। 

Logo