अफगानिस्तानमा रहेका नेपालीहरुको सुरक्षाका लागि राप्रपाको माग

अफगानिस्तानमा रहेका नेपालीहरुको सुरक्षाका लागि राप्रपाको माग

केन्द्रबिन्दु
0
Shares

गृहयुद्धमा फसेको अफगानिस्तानमा रहेका नेपालीहरुको सुरक्षावारे राप्रपा नेपालले चिन्ता जनाएको छ । अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न पार्टीले सरकारसँग माग गरेको छ ।

यसका साथै, दुई सय बर्षदेखि बेलायती सेनामा कार्यरत नेपालीहरुमाथि कायम रहेको भेदभाव र असमानताको पूर्णरुपले अन्त्य गर्न भनिएको छ । राप्रपा नेपालका अध्यक्षत्रय पशुपति शमसेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा ब्रिटिश गोर्खाका भूतपूर्व सैनिकहरुको हाल जारी संघर्षप्रति ऐक्यवद्धता जनाइएको छ।

साथै, उनीहरुका माग पुरा गर्न बेलायती सरकारसँग राप्रपाले आग्रह गरेको छ । तिनका माग पुरा गर्न गराउन सशक्त कुटनीतिक प्रयासको निम्ति पार्टीले सरकारको ध्यानाकर्षण गरेको छ।

Logo