फेरि बस्दै माओवादी स्थायी कमिटी बैठक

फेरि बस्दै माओवादी स्थायी कमिटी बैठक

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको फेरि स्थायी कमिटी बस्दै छ। 

पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक, सांगठानिक र विधान संशोधन मस्यौदामाथि आठ समूहबाट प्रतिवेदन प्रस्तुत भएपछि स्थायी कमिटी बैठक बस्न लागेको हो।

यसअघि आजै बिहान पनि स्थायी कमिटी बैठक बसेको थियो।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले प्रतिवेदनमा प्रस्तुत भएका विभिन्न सुझाव र जिज्ञासाहरूलाई बैठकले कसरी सम्बोधन गर्ने भनेर छलफल गर्नेछ।

त्यसपछि स्पस्टीकरण दिने र प्रस्तावहरूलाई निष्कर्षमा पुर्याउने काम हुने श्रेष्ठको भनाइ छ।
अन्य एजेण्डाबारे पनि छलफल गरेर आजै बैठक समापन हुने बताए।

Logo