अखिल फोर्सद्वारा शंकरदेवमा सेनेटरी प्याड मेसिन वितरण

अखिल फोर्सद्वारा शंकरदेवमा सेनेटरी प्याड मेसिन वितरण


अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय कमिटीको समन्वयमा केन्द्रीय अखिल फोर्सले सोमवार शंकरदेव क्याम्पसमा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ । 

अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले देशभरका आङ्गिक क्याम्पसहरुमा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गर्ने जानकारी दिए ।

पराजुली भन्छन्, ‘अखिल फोर्सले देशभरका विद्यार्थीका मागलाई सम्बोधन गर्ने, शैक्षिक मुद्दाहरुमा केन्द्रित हुने र रचनात्मक काम गर्नेमा लागी पर्ने योजनाअनुरुप काम गरिरहेको छ । त्यसकै एक उदाहरणीय काम प्याड भेन्डिङ मेसिन वितरण हो।’ 

शंकरदेव क्याम्पसकी उपप्रमुख मिखा श्रेष्ठले भनिन्, ‘अखिल फोर्सले जुन अभियान शुरु गरेको छ, यो एकदमै राम्रो छ । आङ्गिक कलेजमा धेरै कमी कमजोरी छन्, यी सबैमा हामी सबै मिलेर गर्नुपर्छ ।’

अखिल फोर्सले कलेजमा महिलाहरुलाई पर्ने समस्याहरुलाई कलेज प्रशासनसहित कसैले पनि ध्यान नदिएकाले यो अभियान शुरु गरेको जनाएको छ । 

 

Logo