नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारले संसद अधिवेशन अन्त्य गरेर एमाले विभाजन गर्ने अध्यादेश ल्याउन लागेको हो ? भन्दै प्रश्न गरेका छन्।
उनले त्यसो हो भने संसदीय इतिहासमा कालो दिन हुने भन्दै विरोध जनाएका छन्।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बस्नेतले संसद अधिवेशन गरेर अध्यादेश ल्याए आजको दिन संसदीय इतिहासमा कालो दिनको रुपमा अंकित हुने बताए।
‘ माप्रशे (माधव–प्रचण्ड–शेरबहादुर) सरकारले आज एउटा गज्जबको निर्णय गर्दैछ भन्ने सुनेँ, यो संसद अन्त्य गर्ने नेकपा एमाले विभाजन गर्ने अध्यादेश ल्याउने रे’ उनले भने, ‘डेढ महिनासम्म हिजो संसदीय व्यवस्था चुनौती दिने र केपी ओली सरकारलाई गाली गर्ने सरकारले आज यो निर्णय गर्याे भने संसदीय इतिहासमा कालो निर्णय हुनेछ ।’
सांसद बस्नेतले अदालतबाट संसद पुनर्स्थापनाको निर्णय भएपछिको डेढ महिना श्रद्धाञ्जली, शून्य समय र प्रतिवेदन पेश गर्नेबाहेक कुनै काम नभएको बताए।
त्यसो त सरकारले सरकारले आजै मध्यराति १२ बजेबाट लागु हुने गी प्रतिनिधिसभाको बैठक अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ।





























प्रतिक्रिया