नेपालको क्षेत्रफल कति हो ?: गिरिराजमणि पोखरेल

नेपालको क्षेत्रफल कति हो ?: गिरिराजमणि पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले नेपालको क्षेत्रफलको बारेमा सही तथ्याङ्क प्रस्तुत गर्न सरकारलाई आग्रह गरेका छन्।

सोमवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले विद्यार्थीहरुले नेपालको सही क्षेत्रफल कति हो भन्दा शिक्षकहरु नाजवाफ भएको भन्दै सरकारले यसलाई उच्च प्राथमिकता दिएर सही तथ्याङ्क प्रस्तुत गर्न सुझाव दिए । 

पोखरेलले अहिलेको क्षेत्रफल भन्ने हो भने चुच्चे नक्शा आइसकेको र नयाँ क्षेत्रफलभन्दा सरकारले घोषणा नगरेकोले विद्यार्थीहरु अलमलमा रहेको बताए ।

पोखेरलका अनुसार नेपाल–भारतबीच सुगौली सन्धि भएको २०४ वर्षपछि बल्ल बल्ल नेपाल सरकारले आफ्नो भूभागको नक्शाको काम सम्पन्न गरी गत वर्ष ०७७, जेठ ७ गते वर्तमान नेपालको नक्शा अद्यावधिक गरी प्रकाशित गरियो । त्यसलाई संसद्बाट अनुमोदन गरी संविधान समेत संसोधन गरी निशाना छापमा समेत अद्यावधिक गरियो तर, त्यतिखेर नेपालको क्षेत्रफल भने अद्यावधिक गरिएन । त्यसैले, अहिले विद्यार्थीले नेपालको क्षेत्रफल कति हो भनेर सोध्दा शिक्षकहरु नाजवाफ छन् ।

पोखरेलले भने, ‘सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रममा समेत लिम्पयाधुरा, लिपुलेक र कालापानी भूभाग समावेश गरेको अवस्थामा कुटनैतिक वार्ता र सीमाङ्कन गर्न पनि आफ्नो क्षेत्रफल सुनिश्चित गर्न जरुरी छ । सरकारले यसलाई उच्च प्राथमिकतामा राखोस् ।’

नेता पोखरेलले चाँडै उच्चस्तरीय भूमि आयोग गठन गरी भूमीहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोवासको मनमा पैदा भएको आशङ्कालाई मेट्न सरकारको गम्भिर ध्यानाकर्षण गराए । 

Logo