सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा संसद् अधिवेशन अन्त्य (भिडियोसहित)

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा संसद् अधिवेशन अन्त्य (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

सरकारले संसदको दुबै अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई गरेको सिफारिसमा लालमोहर लागेसँगै आजै राति १२ बजेबाट दुबै सदनका अधिवेशन अन्त्य भएको छ। राष्ट्रपतिले लालमोहर लगाएको उक्त पत्र प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका छन्। यता एमालेले भने एमाले फूटाउन अधिवेशन अन्त्य गरेको भन्दै आपत्ति जनाएको छ।

सार्वोच्च अदालतले महन्थ ठाकुरले माग गरे बमोजिमको अन्तरिम आदेश दिन नपर्ने ठहर गरेसँगै जसमा विवाद अब न्यायिक रूपमा टुंगिएको छ। अध्यक्ष उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगले बहुमतको आधारमा ११ साउनमा दिएको आधिकारिता दिने निर्णय अदालतबाट सदर भएसँगै जसपा विवाद विर्सजन भएको हो। 

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमै पुनर्बहालीका लागि ऊर्जा आयोगका सदस्य हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। शाक्यले सोमबार प्राधिकरणमा पुनः नियुक्ति माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्। २७ साउनमा प्राधिकरणको निर्देशक भएर पुनः फर्किएका कुलमान घिसिङ कानुनी नभएर राजनीतिक रूपमा आएको तर आफू राजनीतिक नियुक्तिबाट नआएको भन्दै आफूलाई पुनः प्राधिकरणमा फर्काउन उनले माग गरेका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले आगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने तय भएको हो । 

अफगानिस्तानमा तालिबान विद्रोहीले आइतबार राजधानी काबुल नियन्त्रण लिएपछि जितको घोषणा गरेका छन्। अफगानिस्तानका राष्ट्रपति असरफ घानी देश छाडेर उज्बेकिस्तान गएसँगै उनीहरूले जितको घोषणा गरेका हुन्। यतिवेला काबुलस्थित राष्ट्रपति भवन, सुरक्षा निकायका मुख्यालय र अन्य प्रशासनिक कार्यालय तालिबानको पूर्ण नियन्त्रणमा छ। काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र अमेरिकी सेनाको उपस्थिति छ। स्वदेश फर्कने मानिसहरूको भीडले काबुल अन्तर्राष्ट्रिय विमानस्थल तहसनहस भएको छ।

आजको कोरोना अपडेट
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४५८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ।नेपालमा आज ३ हजार ४५१ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८८५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ३४ हजार ८३८ जना र एन्टीजेन परीक्षणबाट ७६ हजार १५ जना पुगेको छ। आज ३५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ।आज १५ हजार ६११ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३७ लाख ६७ हजार ६६५ जनाको पिसिआर र ४ लाख १ हजार ३७१ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo