निर्वाचन आयोगबाट आधिकारिता पाएको जनता समाजवादी पार्टी, नेपालका केन्द्रिय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।
मंगलबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रिय कार्य समितिको प्रथम बैठकमा अध्यक्ष उपेन्द्र यादवले केन्द्रिय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।
पार्टी नेता प्रमोद साहले भने, ‘पार्टीका केन्द्रिय सदस्यहरुको विवरण निर्वाचन आयोगमा पठाउने काम गरिएको छ । ती केन्द्रिय सदस्यहरुलाई सपथ ग्रहण गराइयो । पार्टीको सिद्धान्त, नीति, निमय अनुसार चल्नलाई केन्द्रिय सदस्यहरुलाई सपथ गराइएको हो ।’
दुइ दिनसम्म चल्ने केन्द्रिय कार्य समितिको बैठकमा नेता राजेन्द्र श्रेष्ठले पार्टीको आगामी कार्यदिशाबारे प्रतिवेदन पेश गरे भने अर्का नेता मृग्रेन्द्रसिंह यादवले पार्टीको संगठन सुदृढीकरण सम्बन्धि प्रतिवेदन पेश गरे ।
बैठकमा प्रदेश कमिटीको नेताहरुले पनि पार्टीको कार्यदिशा र संगठन सृदृढीकरणका विषयमा आ–आफ्नो धारणा राख्नेछन् ।





























प्रतिक्रिया