कारबाही रोक्न माग गर्दै माधव नेपाल पक्ष नेता संसद् सचिवालयमा

कारबाही रोक्न माग गर्दै माधव नेपाल पक्ष नेता संसद् सचिवालयमा

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का १४ जना सांसदहरु आफूहरुलाई पार्टीले सांसद पदबाट मुक्त भनेर गरेको कारबाही रोक्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटा भेट्न संसद् सचिवालय सिंहदरबार पुगेका छन्।

बुधबार अर्याल होटेलमा बसेको सो समूहको अनौपचारिक बैठकपछि उक्त कारबाही अवैधानिक भन्दै कारबाही रोक्न संयुक्त निवेदनसहित संसद् सचिवालयमा जाने निष्कर्षमा पुगेको हो । उनीहरूले संसद् सचिवालयलाई बुझाउन तयार गरेको पत्रमा आफूहरूमाथिको कारबाही गैरकानुनी र पार्टीको विधान विपरीत रहेको उल्लेख गरिएको छ। 

माधव समूहले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई गरेको भनिएको कारबाही अवैधानिक भएको बताएको छ। 

Skip This
Skip This
Logo