नेकपा एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय सदस्य राखिएका नेता प्रदीप नेपालले आफू माधवकुमार नेपालको पार्टीमा नरहेको बताएका छन् ।
केन्द्रीय सदस्यको सूची सार्वजनिक भएलगत्तै नेता नेपालले आफू एमालेको झगडामा कतै पनि नरहेको भन्दै व्यक्तिगत स्वतन्त्रता कसैको अधिनमा नराख्ने सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य प्रदीप नेपाल पार्टीको विवादमा दुवै पक्षमा खुलेका थिएनन्।





























प्रतिक्रिया