लुम्बिनी प्रदेशसभा बैठक स्थगित, अर्को बैठक भदौ ७ गते बस्ने

लुम्बिनी प्रदेशसभा बैठक स्थगित, अर्को बैठक भदौ ७ गते बस्ने


लुम्बिनी प्रदेशसभाको बैठक स्थगन गरिएको छ। प्रदेशसभा सचिवालयले आज सूचना टाँस गरी दिउँसो १ बजे बोलाइएको बैठक स्थगन गरिएको जनाएको हो। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले पार्टीले कारवाही गरेका दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै निरन्तर सदन अवरुद्ध पारेकाले नवौं अधिवेशनको तेस्रो दिनको बैठक पनि स्थगन गरिएको हो। अर्को बैठक भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्नेछ। 

राजनीतिक दलसम्बन्धी ऐनको बर्खिलाप कुलप्रसाद केसी नेतृत्वको सरकारलाई समर्थन गरेकाले सांसदद्वय अजयबहादुर शाही र बिमला वलीलाई कारवाही गरेको पार्टीको केन्द्रीय कमिटिले त्यसको सूचना प्रदेश संसदीय दलमार्फत प्रदेश सचिवालयलाई बुझाइसकेको छ। उक्त पत्र प्रदेशसभामा पढेर सुनाउन र सांसदद्वय शाही र वलीलाई पदमुक्त गर्न एमालेले माग गर्दै आएको  छ।

Logo