निर्वाचन परिचालन समितिबाट अलग हुने थाापको घोषणा

निर्वाचन परिचालन समितिबाट अलग हुने थाापको घोषणा

केन्द्रबिन्दु
0
Shares

राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीद्वारा गठित स्थानीय तह निर्वाचन परचालन समितिको संयोजकको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले सो घोषणा गरेका हुन् । थापाले अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीमध्ये एकलाई सो जिम्मेवारी लिन वा अन्य वरिष्ठ नेतालाई संयोजक बनाउन आग्रह समेत गरेका छन् ।

राप्रपाले अध्यक्ष थापाको नेतृत्वमा गत साउन ८ गते मात्रै स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको थियो ।

Logo